चीन भ्रमणमा सकेर एक दिन अगावै फर्किइन् राष्ट्रपति भण्डारी

Share:

काठमाडौैँ। राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र चीनको राजकीय भ्रमणमा पूरा गरी आज स्वदेश फर्किएकी छन् ।

९ दिने भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति भण्डारी निर्धा्रित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी हुन। स्वास्थ्यमा समस्या आएपछि राष्ट्रपति भण्डारी एक दिन अगाबै स्वदेश फर्किएको बताइएको छ।

राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएको थियो । तिब्बत भ्रमणका क्रममा तय भएका महत्वपूर्ण भेटवार्ता भने उनले हिजै सम्पन्न गरेकी थिईन ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु लगाएत संवैधानिक अंगका प्रमुखहरुले स्वागत गरेका थिए । उनी गत बैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो ’बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन । भेटकै अवसरमा पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: