बेनीबजार संरक्षणका लागि सुरु गरिएको तटबन्ध निर्माण कार्य सुस्त, स्थानीय चिन्तित

Share:

म्याग्दी। कालीगण्डकी नदीको जोखिममा परेको बेनीबजार संरक्षणका लागि शुरु गरिएको अस्थायी तटबन्धको निर्माण कार्य निकै सुस्त देखिएको छ । तटबन्ध निर्माणको कामले गति नलिएपछि स्थानीय चिन्तित भएका छन् ।

कालीगण्डकीमा पानीको बहाव बढ्न थालेपछि समयमै काम सम्पन्न हुनेमा शंका बढेको स्थानीय बताउँछन् ।

कालीगण्डकी र म्याग्दी नदीको दोहोरो कटानबाट बेनी संरक्षण गर्न करोडौं खर्चेर लगाएको आरसीसि तटवन्ध बाढीले बगाएपछि बेनी संरक्षणको जिम्मेवारी पाएको पोखराको रुपाताल संरक्षण एकिकृत परियोजनाले ३ सय ३८ मिटर अस्थाई ग्याभिन भर्ने काम थालेको हो ।

ठेक्का प्रकृयाबाट काम गर्दा ढिलाई हुनेभएपछि ३ करोड ५० लाखको लागतमा उपभोक्ता समितिमार्फत तटवन्ध सुरु गरेको भए पनि ठेकदारमार्फत नै निर्माण कार्य गराइएको छ। जलउत्पन्न प्रकोप कार्यालयले पक्की तटवन्ध गरेपनि पूरा नहँुदै बाढीले बगाएको हो ।

बजार संरक्षणको नाममा कालीगण्डकी नदीको दोहन भैरहेको भनेर आलोचनासमेत भएको छ तर सम्वन्धित निकायले नसुनेको स्थानीयले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: