ट्रकले कारलाई ठक्कर दिँदा नेकपाका चार नेता घाइते

1191
0
Share:

दाङ । नेपाल कम्युनिष्ट पार्टी दाङका नेताहरु सवार कारलाई ट्रकले ठक्कर दिँदा चारजना नेता घाइते भएका छन् ।

घाइते हुनेहरुमा युवा संघ प्रदेश ५ का अध्यक्ष मनोहर बुढाथोकी, नेकपा जिल्ला कार्यदल सदस्य शिबकुमार आचार्य, नेकपाका सदस्य लक्षमणकुमार शर्मा र शिवानन्द डाँगी रहेका छन् ।

नेताहरु सवार बा १८ च १२५ नम्वरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ४३४९ नम्वरको ट्रक अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं ८ देउराली भन्ने स्थानमा एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रहरीले बुढाथोकी र शर्मालाई दाङको राप्ती पोलिक्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ ।

शर्माको करङमा चोट रहेको छ भने बुढाथोकीको अनुहारमा चोट छ। मुख्यमन्त्रीको गाडी अगाडि थियो भने दुर्घटनामा परेका नेताहरु त्यसको केही पछाडि थिए ।

कमेन्ट गर्नुहोस्
Share: