मजदुर दिवसकै दिन दुर्दशा: काम गर्दा-गर्दै म्याग्दीमा कालुरामको ज्यान गयो

Share:

म्याग्दी। म्याग्दीमा बुधबार मजदुर दिवसकै दिन माटोको ढिस्कोले पुरिएर एक मजदुरको ज्यान गएको छ।

बेनी नगरापालिका-५ चुत्रेनी स्थित बेनी दरबाङ सडकखण्डमा बाटो निर्माण गर्ने क्रममा माथीबाट ढुङ्गा माटोसहितको ढिस्को खसेर बर्दीयाका कालुराम थारुको ज्यान गएको हो ।

बर्दीया नगरपालिका–४ ठाकुरद्धारका ३५ वर्षीय थारुको शव एक्साभेटर र प्रहरी परिचालन गरेर निकालीएको म्याग्दी प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: