
पोखरा। अन्नपूर्ण प्रथम हिमालबाट उद्धार गरिएका मलेशियन चिकित्सक चिन वुई किनको मृत्यु भएको छ । सिंगापुरमा बस्दै आएका ४८ वर्षीय किनको उपचारको क्रममा शीतदंशका कारण मृत्यु भएको हो।
उनी हराएको खबर पाएपछि चार जना शेर्पालाई उनलाई खोज्न पठाइएकोमा उनी अर्धचेत अवस्थामा भेटिएका थिए। उनलाई एयरलिफ्ट गरेर बैशाख १३ गते शुक्रबार काठमाडौंको मेडिसिटी अस्पताल लगिएको थियो ।
बैशाख १० गते मंगलबारदेखि हराएका किनलाई सिम्रिक एयरको हेलिकोप्टरबाट उद्दार गरिएको थियो। बिमा कम्पनी ‘ग्लोबल रेस्क्यु’ ले खोजी कार्यमा बेवास्ता गरेपछि उनकी श्रीमतीले सिम्रिक एयर गुहारेकी थिइन्।
उनी हराएको खबर बैशाख ११ गते बुधबार साँझ मात्र थाहा भएको थियो। च्यानल न्यूज एशियाका अनुसार अन्नपूर्ण शिखरमा अप्रिल २३ मा अन्य ३० जना ट्रेकर्ससँगै पुगेकोमा फर्किने क्रममा अल्मलिएका थिए ।
