चट्याङ लागेर वडा सदस्यसहित दुई घाइते

Share:

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ६ मा चट्याङ लागेर दुईजना घाइते भएका छन्।

आज बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर वडा नम्बर ६ की वडा सदस्यसमेत रहेकी सहिदुन निशा र उनका छोरा भुलई अन्सारी घाइते भएका हुन्।

घाइतेमध्ये सहिदुन निशाको अवस्था गम्भीर भएकोले उपचारका लागि भारत लगिएको छ। घाइते अन्सारीको अवस्था भने अहिले सामान्य रहेको छ।

उता हावाहुरीका कारण नवलपरासी पूर्वका सबै स्कुल तथा कलेज आज एक दिनका लागि बन्द गरिएको छ ।

सबै स्थानीय तहका शिक्षा समितिको बैठक बसेर मौसम अनुकुल नभएको भन्दै आज एक दिनका लागि सबै स्कुल तथा कलेज बन्द गरिएको हो ।

नवलपरासीमा बिहान हावाहुरीका साथै पानी पनि परेको थियो । अहिले भने मौसम सामान्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: