
काठमाडौं । धनुषाको ढल्केवरका अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ।
सोमबार साँझदेखि घरबाट हराएका मिथिला नगरपालिका— ६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज रायले जानकारी दिए।
बालकको घाँटी रेटी हत्या गरिएको इन्स्पेक्टर रायले बताए । उनका अनुसार गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरेका थिए। मंगलबार बिहान उनको घर पछाडि रहेको आँप बारीमा शव फेला परेको हो ।
कमेन्ट गर्नुहोस्
