पोखरा सहित देशका विभिन्न भागको मौसम बदली, मेघगर्जनसहित असिना पानी पर्ने

1475
0
Share:

पोखरा । स्थानीय वायुको प्रभावका कारण अहिले पोखरा सहित देशका विभिन्न भागको मौसम बदली भएको छ ।

देशको पश्चिमी पहाडी भाग तथा मध्य, उपत्यका र आसपासका क्षेत्रमा आकाश बदलिएर मेघगर्जन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव पनि देखिएको तथा अन्य भागमा स्थानीय वायुका कारण अबका केही दिन अपराह्नदेखि साँझसम्म आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

दुई तीन दिन पानी खासै नपर्ने तर मौसम भने बदलिने र सामान्य हावा चल्ने भएकाले शीतल हुने अर्यालले जानकारी दिए । देशका केही स्थानमा मेघगर्जनसहित असिना पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: