प्रिमियर लिगको आज अन्तिम दिन, सिटी र लिभरपुलबीच उपाधिका लागि रस्साकस्सी

Share:

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति महत्वपूर्ण खेलहरु हुँदैछन् ।

प्रिमियर लिगको अन्तिम दिन म्यानचेस्टर सिटी र लिभरपुल बीच उपाधिका लागि रस्साकस्सी हुँदैछ ।

आज शीर्ष स्थानको सिटीले ब्राइजटोनको सामना गर्दै छ । दोस्रो स्थानको लिभरपुलले घरेलु मैदानमा उल्भ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दुबै टोलीबीचको खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बाट सुरू हुनेछ ।

आजको खेलमा जित निकाल्दै साविक विजेता सिटी यो संस्करणको उपाधि पनि आफ्नो पोल्टोमा पार्ने योजनामा हुनेछ । यता, ब्राइजटन भने सिटीको उपाधि यात्रामा धक्का पुगाउने योजनामा हुनेछ ।

शीर्ष स्थानको सिटीलाई १७ औँ स्थानको ब्राइजटनको खास्सै चुनौती हुने छैन । यता, दोस्रो स्थानको लिभरपुल आफ्नो जितसहित सिटीको हार वा बराबरी चाहन्छ ।

आजको खेलमा लिभरपुललाई आफ्नो नतिजाले मात्र पुग्ने छैन ।

उता सिटीलाई भने आजको खेलमा जित मात्र आवश्यक छ । सिटी ३७ खेलमा ९५ अंक सहित लिगको शीर्षस्थानमा छ । दोस्रो स्थानको लिभपुलको ९४ अंक छ ।

कमेन्ट गर्नुहोस्
Share: