
मुस्ताङ । मुस्ताङमा आज बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
मुक्तिनाथबाट जोमसोम तर्फ आउदै गरेको ना ५ ख ५७३६ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ सेल्फी डाँडामा दुर्घटना हुँदा बस चालक र सहचालक घाइते भएका हुन् ।
घाइते हुनेमा चालक म्याग्दीको मुना गाउँपालिकाका २५ बर्षीय रविन वि.क. र सहचालक भारत विहारका ४७ बर्षीय मोहम्मद मुस्थापा रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका दुबैलाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाइएको प्रदेश प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जनाएका छन् । बस अनियन्त्रित भइ सडकबाट करिव ६० मिटर तल खसेको थियो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
