बलात्कारकाे आरोप लागेका रोनाल्डोमाथि फेरी शुरु भयो अनुसन्धान

Share:

एजेन्सी। चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोलाई उनका वकिलले बलात्कार आरोपबाट मुक्त गर्नकालागि तयार गरिरहेको समाचार बाहिरिएको छ ।

अभियोगकर्ता क्याथरन मेयोर्गाले इटलीमा रोनाल्डोको घर फेला पारेपछि यो प्रकरण थप पेचिलो भएको छ।१० वर्षअघि लस भेगासको होटलमा मेयोर्गामाथि आफुले यौनजन्य आक्रमण गरेको कुरालाई युभेन्टसका फर्वार्ड रोनाल्डोले अस्वीकार गर्दै आएका छन् ।

अमेरिकी प्रहरीले यो केसलाई पुन खोलेपछि मेयोर्गाका वकिलले पोर्चुगिज खेलाडीको ठेगाना खोजिरहेका थिए । मिरर अनलाइनका अनुसार म्यान्चेस्टर युनाइटेडका स्टारको तुरिन स्थित घर इटलिको सरकारी कार्यालयको रेकर्डमार्फत फेला परेको थियो ।

मेयोर्गाको टीमले प्रशासनीक कामका थालनी गर्ने र केही हप्ताभित्र कागजपत्र पठाइने जनाइएको छ ।अमेरिकी न्यायधिशले गत महिना ३४ वर्षीय खेलाडीको ठेगाना खोजिको लागि प्रक्रिया थाल्न आदेश थिएका थिए ।

रोनाल्डोले २ लाख ९५ हजार पाउण्ड दिने सर्त राखेर होटलमा लगेर यौनकार्य गरेको तर रकम नदिएको आरोप मेयोर्गाले लगाएकी छिन् ।सिरिए ए अन्तर्गत गत आइतवार फाइनल खेलेका युभेन्टसका स्टार रोनाल्डोले भने मेयोर्गाको आरोपलाई अस्वीकार गर्दै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: