दाङका निजी विद्यालय चार दिन बन्द

518
0
Share:

दाङ । गर्मी बढेपछि दाङमा जनजीवन प्रभावित बन्दै गएको छ। दाङमा आइतबार ३७ दशमलव ६ डिग्री सेल्सियस तापक्रम रहेको थियो। तापक्रम बढेसँगै तातो हावा (लू)ले जनजीवन प्रभावित भएको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै जेठ १४ देखि १७ सम्म सबै निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । यस्तै, अत्यधिक तापक्रमका कारण पानीको सतह सुक्दै गएपछि खानेपानी संस्थानले वितरण गर्ने खानेपानीको आपूर्ति समय घटाएको छ।

विद्युत आपूर्तिसमेत नियमित हुन नसक्दा नागरिकलाई गर्मीले थप कष्ट पुर्याएको छ। प्रचण्ड गर्मी र लूले सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पतालमा बढ्न थालेको अस्पतालका चिकित्सक बताउँछन्।

कमेन्ट गर्नुहोस्
Share: