
पाेखरा । बर्षासहित आएको हावाहुरीका कारण फेवातालमा डुबेको डुंगा र कायाकमा सवार सात जनालाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो करिब साँढे तीन बजेदेखि बर्षासहित आएको हावाहुरीका कारण फेवातालको बीचमा अलपत्र परेका सात जनालाई सशस्त्र प्रहरी बलको रेस्क्यु टोलिले सकुशल उद्दार गरेको हो ।
प्रहरीका अनुसार काठमाडौँका २७ बर्षिय विनोद अर्याल, २१ बर्षिय सविना मर्हजन, जेनी महर्जन, अजित मर्हजन र जरिना मर्हजन र पोखराका २२ बर्षिय साईरस गुरुङ र २५ बर्षिय रोनाले मगरको उद्दार गरिएको हो ।
file photo
कमेन्ट गर्नुहोस्
