पारसको टीम अगाडि गण्डकी प्रदेश निरिह

Share:

 काठमाडाै ।नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ल रहेको प्रदेश नम्बर ३ ले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो जित दर्ता गरेको छ ।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गर्दै प्रदेश ३ ले दोस्रो जित निकालेको हो । जितसंगै समूह ’ए’ को प्रदेश ३ ले ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रदेश ३ शीर्ष स्थानमा उक्लिएको छ । ४ अंक जोडेको एपीएफ यस समूहको दोस्रो स्थानमा छ । अंकविहीन गण्डकी चौंथो स्थानमा छ ।

यस्तै प्रतियोगिताअन्तर्गत विभागीय टिम त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो जित निकालेको छ।  मंगलबार नै भएको खेलमा कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो गर्दै आर्मीले लगातार तेस्रो जित निकालेको हो ।

यो जितसंगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।  समूह ’बी’ को शीर्ष स्थानमा रहेको आर्मीले ३ खेलबाट ६ अंक जोडेको छ । २ खेलबाट अंकविहीन कर्णाली समूहको तेस्रो स्थानमा रहेको छ  ।

यसअघि आर्मीले पहिलो खेलमा प्रदेश नम्बर २ लाई १७१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा प्रदेश नम्बर १ लाई ११३ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: