
पोखरा । पोखराको अन्तराष्ट्रिय पर्वतीय संग्रहालयको पर्खाल मापदण्ड विपरित भेटिएपछि डोजर लगाईएको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित संग्रहालयको पर्खाल सडकको मापदण्ड भित्र परेपछि स्थानिय जनप्रतिनिधिको अगुवाईमा डोजर लगाईएको हो ।
मापदण्ड भित्र परेको संग्रहालयको पर्खाल आफै भत्काउन आग्रह गरिएपनि संग्रहालय प्रशासनले वेवास्ता गरेपछि डोजर लगाउनु परेको बाटो निर्माण समितिका अध्यक्ष दिपक आचार्यले बताए ।
उनका अनुसार संग्रहालयदेखि दोविल्ला सम्मको करिब ४ दशमलव ६ किलोमिटर बाटो निर्माणका क्रममा मापदण्ड भित्र परेका मैना विक र प्रकाश दास घर समेत भत्काईएको छ । चालु आर्थीक वर्षमा पोखरा महानगरपालिकाले महानगर भित्रका विभिन्न सडकहरुको स्तरोन्नतीको काम गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
