यी हुन् मुटुरोग बाट बच्ने उपाय

Share:

काठमाडौं । पछिल्लो समय युवाहरुमा मुटु रोगको उच्च जोखिममा रहेको विशेषज्ञहरुले बताएका छन् ।

मुटु रोगका लक्षणहरु यस प्रकार रहेका छन्::

१. हात झम्झमाउने तथा चेतनाविहीन बन्ने ।
२. खुट्टाहरू सुन्निने ।
३. सास फेर्न कठिनाइ हुने ।
४. धेरै पसिना आउने ।
५. वाकवाक लागिरहने ।
६. बोल्दा कठिनाइ हुने, जिब्रो लरबरिने ।
७. शरीरको कुनै अंगले काम गर्न छाड्ने ।
८. छाती दुख्ने, ढक्क फुल्ने वा भारी हुने आदि ।

मुटु रोगबाट बच्ने उपायहरु 

१. चिल्लो, तारेको र पोलको रातो मासु सकेसम्म नखाने ।
२. बजारका खानेकुरा भरसक नखाने, घरमा नै बनाएका खानेकुरा खाने ।
३. जंक फुड भरसक नखाने ।
४. नियमित शारीरिक व्यायाम गर्ने ।
५. धुम्रपान तथा मद्यपानको सेवन नगर्ने ।
६. तनाव नलिने ।
७. तौल सन्तुलित राख्ने ।
८. हरियो सागसब्जी खाने ।
९. घर बाहिर जाँदा मास्कको प्रयोग गर्ने ।
१०. काम नहुँदा धुलो धुवाँमा नजाने, बालबालिकालाई धुलोमा जान नदिने ।
११. हरेक ६-६ महिनामा मुटु परीक्षण गर्ने ।

कमेन्ट गर्नुहोस्
Share: