पोखराबाट बुटवल जाँदै गरेको बसले ठक्कर दिँदा स्याङजामा एकको मृत्यु

Share:

पोखरा । पोखराबाट बुटवल तर्फ जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिद्वार्थ राजमार्गअन्तर्गत स्याङजाको पुतलीबजार नगरपालिका-१ मा आज ना ४ ख २३२२ नम्बरको बसले ठक्कर दिँदा पुतलीबजार नगरपालिका १३ लामपाटाका ७२ बर्षीय मन बहादुर दमाई मृत्यु भएको हो।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: