सिसी टिभी जडानले आपराधिक घटना कम

Share:

तनहुँ । तनहुँको डुम्रे बजारमा सिसी टिभी जडान गरेपछि आपराधिक घटनामा कमी आएको छ । डुम्रे बजार क्षेत्र र आसपासमा सिसी टिभी जडान पश्चात आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेपछि अपराध कम हुँदै गएको हो ।

सवारी साधनको अत्यधिक चाप हुने यस बजारमा चालकहरु पनि दुर्घटना पछि भाग्न सकेका छैनन् । डुम्रेमा यस्ता घटना न्यून मात्रै भएको छैन धेरै जसो दोषी प्रहरीको फन्दामा परेका छन् ।

आपराधिक घटनामा कमि आउने तथा दोषीको उम्कने प्रयास विफल हुन थाले पछि डुम्रे बजारवासीमा खुशी छाएको छ । करिब तीन महिना अघि तनहुँ उद्योग वाणिज्य सङ्घ डुम्रे बजार इकाई र इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेको सक्रियतामा बजार क्यामेराको निगरानी राखिएको हो ।

सिसी टिभी फुटेजको आधारमा फागुन १९ गते पिक्तललाई सुन भनेर तनहुँको सदरमुकाम दमौली र गण्डकी प्रदेशको राजधानी पोखरामा ठग्ने एक जना महिलालाई प्रहरीले पक्रन सफल भएको इलाका प्रहरी कार्यालय भानुमुकाम डुम्रेका प्रमुखप्रहरी निरीक्षक निरज डाँगीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: