चौथो पटक डाक्टर बने प्रधानमन्त्री ओली

603
0
Share:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई केरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधि (पीएचडी) प्रदान गरेको छ ।

आज एक कार्यक्रमको आयोजना गरि विश्वविद्यालयले प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिले विभुषित गरेको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्विट गर्दै सो कुरा जनाएका छन् ।प्रधानमन्त्री ओलीको यो चौथो मानार्थ विद्यावारिधि हो ।

यसअघि ओलीलाई कोस्टारिकाको शान्ति विश्वविद्यालयले विद्यावारिधि प्रदान गरेको थियो भने भारतको गोविन्द बल्लभ पन्त कृषि तथा प्राद्धौगिक विश्वविद्यालयले पनि मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।

यसअघि अमेरिकामा रहेको ग्रिनफोट विश्वविद्यालयले पनि ओलीलाई मानर्थ विद्यावारिधिबाट विभूषित गरेको थियो तर उक्त विश्वविद्यालयले प्रदान गरेको विद्यावारिधि विवादमा परेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: