ढुंगाले किचेर एक बालककाे मृत्यु

Share:

गोरखा। गोरखामा भीरबाट खसेको ढुंगाले लागेर धार्चे गाउँपालिका वडा नं ३ लाक्पालका एक बालकको मृत्यु भएको छ। बुधबार बिहान ११ बजेतिर खोलामा साथीहरुसँग खेलिरहेका पाँच वर्षीय आकास गुरुङको मृत्यु भएको हाे ।

ढुंगाले उनको टाउको र ढाड किचेको थियो । उनलाई बचाउन गएकी सात वर्षीया दिदी बिनिता गुरुङ पनि ढुंगाले लागेर गम्भीर घाइते भएकी छन् ।

उनलाई उपचारका लागि राजधानी काठमाडौं लगिएको बताए ।खेलिरहेका बेला एक्कासी ढुंगा झर्न थालेपछि संगै खेलिरहेका चारजना बालबालिका भागेका थिए।

कमेन्ट गर्नुहोस्
Share: