
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको छ । हिजो राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।
पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँका दरले बढेको हो । बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
