अर्थमन्त्रीले बजेट भाषण गरेको कति पैसा पाउँछन् ?

Share:

अर्थमन्त्रीले बजेट भाषण गर्दा लाखौ रकम लिने गरेको हल्ला पहिलेदेखि नै चल्ने गरेको थियो । तर अर्थमन्त्रीले बजेट पढ्दा कुनै पनि रकम नपाउने पूर्व अर्थमन्त्रीहरुले बताएका छन् ।

धेरै पटक बजेट पढिसकेका नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री रामशरण महतले बजेट पढ्दा अर्थमन्त्रीले पैसा पाउने हल्लामा कुनै सत्यता नभएको बताए ।

प्रचण्डको सरकारका पालामा अर्थमन्त्री बनेका डा.बाबुराम भट्टराई अर्थमन्त्रीले बजेट भाषण गर्दा कुनै पनि रकम नपाउने बताउँछन् । अर्थमन्त्रीले पसिना बगाउने, रातभर नसुती-नसुती बजेट बनाउने भएपनि पसिना र सास्ती बाहेक केही नपाउने उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
Share: