पोखराको होटल ह्वाइट पर्लमा मृत भेटिए सिंगापुरका टेक

Share:

पोखरा । नेपाल भ्रमणमा आएका सिंगापुरका एक पर्यटक बास बसेकै होटलमा मृत अवस्थामा फेला परेका छन्। पोखराको लेकसाइडस्थित होटल ह्वाइट पर्लमा सिंगापुरका ६६ वर्षीय नागरिक कोस्चेङ टेक आज बिहान मृत भेटिएका हुन्।

गत जेठ ६ गते ७ जनाको टोलीसहित नेपाल भ्रमणमा आएका टेक बुधबार पोखराको लेकसाइडस्थित सो होटलमा श्रीमतीसहित बसेका थिए। तर बिहीबार बिहान साढे ७ बजेसम्म पनि नउठेपछि श्रीमती पीएनजी पेकले उनलाई उठाउन खोज्दा बेहोस अवस्थामा भेटेकी थिइन् ।

त्यसपछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारका लागि पु¥याइएको थियो। अस्पताल पु¥याउनासाथ उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीले मृत्युको कारण नखुलेको र घटनाका सम्बनधमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
Share: