युट्युब बारे १० तथ्य

Share:

युट्युब विश्वकै ठूलो भिडियो सेयर गर्ने माध्यम हो । युट्युबका १० तथ्य यस्ता छन्ः

१.पेपलका तीन कर्मचारीद्वारा सन् २००५ को भ्यालेन्टाइन डेको दिन युट्युब खोलिएको थियो ।

२.सन् २००५ कै अप्रिल २३ मा युट्युबका सहसंस्थापकले पहिलो भिडियो अपलोड गरे ।

३.खोलेको १८ महिनामै गुुगलले युट्युब किन्यो ।

४.युट्युबका प्रयोयकर्ता करिब एक अर्ब ८० करोड रहेका छन् ।

५.युट्युबमा प्रत्येक मिनेटमा सय घण्टाभन्दा लामो भिडियो अपलोड हुुन्छ ।

६.साउदी अरेबियामा सबैभन्दा बढी युट्युब हेरिन्छ ।

७.ब्रिटिस गायिका एडलको हेलो भन्ने भिडियो ८८ दिनमै एक अर्ब पटक हेरिएको थियो ।

८.प्रत्येक मिनेटमा ४०० जति ट्विट युट्युबको लिङ्क हालेर गरिन्छ ।

९.सबैभन्दा बढि हेरिने वेबसाइटमा युट्युब दोस्रो नम्बरमा पर्दछ ।

१०.प्रत्येक दिनमा पाँच अर्ब घण्टा बराबरको भिडियो हेरिने गरिन्छ

कमेन्ट गर्नुहोस्
Share: