
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत कोरिया जान कोरियन भाषा परीक्षाका लागि फारम भरेका परीक्षार्थीको परीक्षा केन्द्र तोकिएको छ । ईपिएस शाखा कार्यालयले आज प्रकाशित गरेको सूचनामा यही जेठ २५ र २६ गते हुने कोरिया भाषा परीक्षाका लागि ३२ परीक्षा केन्द्र तोकिएको छ ।
ईपीएस कार्यालयले कुन सिम्बोल नम्बरका परीक्षार्थीको सीट कुन केन्द्रमा परेको छ भन्ने विस्तृत विवरण सार्वजनिक गरेको हो । विगतमा झै यस पटक पनि दुई सिफ्टमा परीक्षा हुनेछ । ईपीएस कार्यालयका अनुसार, पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट बिहान ११:३० बजेदेखि हुनेछ ।
परीक्षा केन्द्र र सिम्बोल नम्बर हेर्न यहाँ थिच्नुहोस : परीक्षाको केन्द्र र सिम्बोल नम्बर
File Photo
कमेन्ट गर्नुहोस्
