फेवा र बेगनासमा एकैदिन दुई जना मृत फेला

Share:

पोखरा। पोखरामा एकैदिन दुई जनाको शव भेटिएको छ । बुधबार बेगनास ताल र फेवातालमा दुई पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। बेगनास तालमा भेटिएका अन्दाजी ६५ वर्षीय पुरुषको हालसम्म पहिचान खुलेको छैन।

यता फेवातालमा मृत भेटिनेमा सिन्धुपाल्चोकको बाणें गाँउ घर भएका २७ वर्षीय थबिन्द्र कोईराला रहेका छन् । उनको शव गौरीघाटस्थित रत्न मन्दिरको गेटअगाडी तालमा तैरिरहेको अवस्थामा भेटिएको हो । दुवै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: