
पोखरा । पोखरामा भोलि ‘निर्मलाहरुको न्याय कहाँ पुग्यो सरकार ?’ नामक बृहत दबाब मूलक कार्यक्रम हुने भएको छ । महानगर बाल मंचको आयोजनामा भोलि बिहान सो दबाब मूलक कार्यक्रम हुने भएको हो ।
र्यालीसहितको कार्यक्रम बिहान ८ बजे चिप्लेढुंगाबाट सुरु हुनेछ। मानव अधिकारचोकबाट सुरु हुने र्याली पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने कार्यक्रम संयोजक सुबास अधिकारीले जानकारी दिए । धेरैले आफूहरुलाई राजनीतिक आडमा कार्यक्रम आयोजना गर्न लागेको भनेर आरोप लगाएपनि आफूहरुले स्वतन्त्र रुपमा कार्यक्रम गरिरहेको संयोजक अधिकारीले बताए ।
निर्मला पन्त एक प्रतिनिधि पात्र मात्र भएको र अन्य हजारौं निर्मलाहरु न्यायको पर्खाइमा रहेको मंचका प्रवक्ता आरोग्य मोहन काफ्लेले बताएका छन् । भोलि हुने कार्यक्रममा सहभागी हुन् मंचले सबैलाई आग्रह गरेको छ ।
सम्बन्धित भिडियो::
