रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु,एक जना घाइते

Share:

काठमाण्डौ – काठमाण्डौको बिजुलीबजारमा रड बोकेको साइकलमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ज्यान गएको छ । भने मोटरसाइकल पछाडी सवार एक महिला घाइते भएकी छन् ।

बिहीबार बिहान ४ बजेतिर तीव्र गतिमा रहेको बा ४१ प ५३६ नम्बरको मोटरसाइकल रड बोकेको साइकलमा पछाडिबाट ठोक्किँदा ललितपुरका ३७ वर्षीय अमरराज ताम्राकारको ज्यान गएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा बानेश्वरको एभ्रेष्ट अ
स्पतालमा ज्यान गएको जनाइएको छ ।

दुर्घटनाबाट घाइते भएकी काभ्रे पलाञ्चोककी रितु लामाको राष्ट्रिय ट्रमा सेन्टर भद्रकालीमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका साइकल चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: