प्रहरीनिरीक्षक घुस सहित पक्राउ

683
0
Share:

रुपन्देही –रुपन्देहीमा प्रहरी निरीक्षक घुस रकमसहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया ) मा कार्यरत प्रहरी निरीक्षक केशबबहादुर बस्नेतलाई  घुस रकमसहित पक्राउ गरेको  हो ।

बस्नेत १५ हजार घुससहित बिहीबार बेलुका पक्राउ परेका हुन् । नदीजन्य पदार्थ बालुवा, गिटी उत्खनन् र ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा प्रहरी निरीक्षक बस्नेत पक्राउ परेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: