मुस्ताङको जोमसोम विमानस्थल आजदेखि १५ दिन बन्द हुने

Share:

मुस्ताङ । मुस्ताङको जोमसोम विमानस्थल आजदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप (ओभरले) गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

धावनमार्ग सुधारको काम गरिने भएकाले विमानस्थल असार ७ गतेसम्म बन्द रहने कार्यालय प्रमुख भानु कोइरालाले जानकारी दिए ।जोमसोममा हावाहुरी चल्ने र मौसम पनि फेरबदल भइरहने हुँदा उडान नै रोकेर काम गर्नु परेको हो ।

विमानस्थल स्तरोन्नति योजनाअनुसार धावनमार्गको तह मिलाउने (ग्रेड सुधार), कालोपत्र थपलगायत मर्मतको काम भइरहेको छ । तीन सेन्टिमिटर रहेको कालोपत्रमा चार सेन्टिमिटर थप गर्न लागिएको हो । २० वर्षअघि गरिएको कालोपत्रको म्याद गुज्रन लागेको थियो ।

कमेन्ट गर्नुहोस्
Share: