
तनहुँ – तनहुँमा चितुवाकाे आक्रमणबाट एक बालिकाकाे ज्यान गएकाे छ । शुक्रबार राति भानु नगरपालिका-२ भकुण्डोथोक बस्ने ईश्वर अधिकारीकाे ९ वर्षीया छाेरी पुष्पा अधिकारीकाे चितुवाले आक्रमण गर्दा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए ।
शुक्रबार साँझ साढे ७ बजेतिर घर अगाडि खेलिरहेको अवस्थामा चितुवाले पुष्पालाई आक्रमण गरेकाे थियाे । राति ९ बजेतिर घरदेबाट झण्डै ५ सय मिटर दूरीमा रहेकाे खरबारीमा पुष्पा मृत अवस्थामा भेटिएकाे लामिछानेले बताए । यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका थिए ।
कमेन्ट गर्नुहोस्
