
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा भीरबाट लडेर सोमबार बिहान तीन युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा बारेकोट गाउँपालिका –५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथिबहादुर बस्नेत रहेको छन् ।
शाही र सिंह वनलसुन (एक प्रकारको जडीबुटी) खोज्न र बस्नेत घर बनाउनका लागि काठ काट्न जंगल गएका थिए । बारेकोट–४ स्थित कराइचुला लेक पुगेका दुई जना भिरालो जमिनमा चिप्लिएर भीरबाट खसेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
