जनकपुरमा असोजबाट रेल गुड्ने

460
0
Share:

जनकपुर । नेपालमा पहिलो पटक आगामि असोजबाट डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने भएको हो ।

यसका लागि विभागले ८५ करोडमा दुई वटा आधुनिक रेल खरिद गर्न भारतको कोनकोन रेल्वे करपोरेसनसँग सम्झौता गरेको छ । सम्झौताअनुसार तीन महिनापछि उक्त दुई रेल जनकपुर आइपुग्ने विभागमाले जनाएको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण रुपमा बन्द थियो ।

कमेन्ट गर्नुहोस्
Share: