
रौतहट– चन्द्रपुर नगरपालिका–१ मंगलपुर नजिकै राजमार्गमा भारतीय तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते २१ जना मध्ये ६ जना गम्भीर छन् ।
राति एक बजे तीर्थयात्रीलाई शौच गराउन रोकेको ना ६ ख ९०३० नम्बरको बसमा को १ ख २६२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुने र घाइते हुने सबै भारतीय छन् । मृत्यु हुनेमा ५४ वर्षीय चरण विश्वाल र ५२ वर्षीय विजयकुमार रहेको घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
