सांसदलाई पेपरलेस बनाउन ३३४ सांसदलाई ल्यापटप बाँडिदै, चलाउन पनि सिकाइने

429
0
Share:

काठमाडौं । संसदलाई पेपरलेस बनाउन सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । संघीय संसद सचिवालयले ३ सय ३४ जना सांसदलाई ल्यापटप उपलब्ध गराउने गरी गत १९ जेठमा बोलपत्र आह्वान गरेको छ ।

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ सांसदले ल्यापटप पाउने भएका छन् । १ महिनाको समयावधि राखेर ल्यापटप खरीदको बोलपत्र जारी भएको हो । संसदीय समितिका बैठकहरुलाई पनि सकेसम्म प्रविधिमा आधारित बनाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।

संसदमा ल्यापटप तथा कम्प्युटर चलाउन नजान्ने सांसदहरु धेरै छन् । आगामी आवको बजेटमा विनियोजन भएको क्षमता अभिवृद्धि शिर्षकको रकमबाट ल्यापटप प्रयोगसम्बन्धी सामान्य तालिम दिने योजना सचिवालयको छ ।

File Photo

कमेन्ट गर्नुहोस्
Share: