धारिलो हतियार प्रहार गर्दा तीन जना घाइते

1337
0
Share:

सिन्धुली । दुधौली नगरपालिका–१३ ठाकुरदमार निवासी ४५ वर्षीय तिलकबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी आफ्नै परिवारका तीन जनालाई घाइते बनाएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक सन्तुलन ठीक नभएका खत्रीले श्रीमती ४० वर्षीया कृतीकुमारी, बुहारी २२ वर्षीया सपना र १९ वर्षीय सुरेश खड्का (कृती कुमारीको भदा) लाई खुर्पाले हिर्काएर घाइते बनाएका हुन् ।

हतियार प्रहारबाट गम्भीर घाइते भएका कृतीकुमारी र सुरेशलाई उपचारका लागि विराटनगर पठाइएको छ । बुहारी सपनाको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।

खुर्पा प्रहारबाट कृतीकुमारीको टाउको र पेटमा तथा सुरेशको तिघ्रामा गम्भीर चोट लागेको छ । बुहारी सपनाको हातमा चोट लागेको छ । खुर्पा प्रहार गर्ने तिलकबहादुरलाई इलाका प्रहरी कार्यालय डकाहाबाट गएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: