धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट

361
0
Share:

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।

बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए । हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: