भारतमा गर्मीका कारण ७१ जनाको मृत्यु

Share:

भारत । भारतको बिहारमा प्रचण्ड गर्मी र लू का कारण ७१ जनाको मृत्यु भएको छ । औरंगाबाद, गया र नवादा जिल्लामा गर्मीले ठूलो संख्यामा मानिसहरू प्रभावित भएका छन् ।

अधिकारीहरुका अनुसार औरंगाबाद जिल्लामा ३३, गयामा २५ र नवादा जिल्लामा १३ जनाको लू का कारण मृत्यु भएको छ। बिहार सरकारले गर्मीका कारण मृत्यु भएको हो वा अन्य कारणले मृत्यु भएको हो भन्नेबारे छानबिनपछि मात्रै जानकारी दिने बताएको छ । तर जिल्ला अस्पतालहरूले गर्मीका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको पुष्टि गरेका छन् ।

सरकारले सबै मृतकको परिवारलाई चार–चार लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ। त्यस्तै बिहारमै सुख्खा खोकीका कारण ठूलो संख्यामा बालबालिकाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खोकीबाट हिजो मात्रै २० बालबालिकाको मृत्यु भएको छ । खोकीका कारण केही समययता मात्रै एक सयभन्दा बढीको मृत्यु भएको जनाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
Share: