
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो विदेश भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । युरोप भ्रमणका लागि गत जेठ २५ गते युरोप प्रस्थान गरेका ओली आइतबार बिहान कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेका हुन् ।
ओलीसहितको टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरालगायतले स्वागत गरेका छन् । नेकपाका विभिन्न तहका नेता तथा कार्यकर्ता पनि प्रधानमन्त्री ओलीको स्वागतका लागि विभानस्थल पुगेका छन् ।
प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन विमानस्थल छिरेका दुईजना पक्राउ
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन पुगेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका ओलीलाई कालोझण्डा देखाउन विमानस्थल पुगेका तरुण दलका दिनेश बिक्रम शाहसँगै दुईजनालाई पक्राउ गरिएको हो । उनीहरु कालोझण्डासहित विमानस्थल प्रवेश गरेको थाहा पाएपछि प्रहरीले पक्राउ गरेको हो ।
