लागु औषधसहित ६ जना पक्राउ

Share:

म्याग्दी – लागुऔषधसहित ६ जना युवायुवती पक्राउ परेका छन् । गएको शनिबार साँझ बेनी नगरपालिकामा सडकमा शंकास्पद रुपमा हिँडिरहेका युवायुवतीलाई प्रहरीको गस्ती टोलीले लागु औषधसहित पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा २ युवती र ४ जना युवक रहेकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।पक्राउ पर्नेहरुमा रघुगंगा गाउँपालिका–१, बेगखोलाका २१ वर्षीय निखिल फगामी, बेनी नगरपालिका–८, न्युरोड बस्ने २३ वर्षीया रेजिना श्रेष्ठ र मंगला–३, बराङ्जाका २२ वर्षीया सीता केसी, बेनी–९, गलेश्वरका २१ वर्षीय राजकुमार शेरपुञ्जा, बेनी–८, का २८ वर्षीय विजय बानियाँ र रघुगंगा–६, पाखापानी घर भई बेनी–७, मंगलाघाट बस्ने २० वर्षीय प्रवीण छन्त्याल पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ८६ सेट डाईजापाम, फेनेरागन र नुर्फिन बरामद गरिएको हाे । लागूऔषधसहित पक्राउ परेका आरोपितहरुलाई आइतबार जिल्ला अदालत म्याग्दीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको  छ ।

कमेन्ट गर्नुहोस्
Share: