
मकवानपुर । मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाई मन्दिर नजिक भएको बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ३१ जना घाइते भएका छन् ।
चितवनबाट वीरगञ्जतर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको ज्यान गएको र ३१ जना घाइते भएका हुन् ।दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न बाँकी छ ।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घाइतेहरूको हेटौँडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भैरहेको छ ।
कमेन्ट गर्नुहोस्
