तनहुँको खैरेनीटारमा मध्यराति मोटरसाइकल र मोबाइल चोरी

Share:

तनहुँ। तनहुँको शुक्लागण्डकी नगरपालिकामा मंगलबार राति एक मोटरसाइकल र ५ वटा मोबाईल चोरी भएका छन्। अज्ञात समूहले शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारको नमूना टोलबाट १ मोटरसाइकलसहित ५ वटा मोबाइल चोरी गरेको हो।

मंगलबार मध्यराति भारतको बेतिया घर भइ हाल खैरेनीटारको नमूना टोलस्थित लक्ष्मी श्रेष्ठको घरमा बस्ने शेख अम्जतको ग.१३ प १९७३ नम्बरको मोटरसाइकल र चार वटा मोबाइल चोरी गरेको स्थानीय शिक्षक गोविन्द पौडेलले जानकारी दिए। अम्जत खैरेनीटार क्षेत्रमा घर प्लास्टरको काम गर्दै आएका छन्।

पौडेलका अनुसार चोरको समूहले सो घर नजिकैको अर्को घरमा बस्ने संगम परियारको चार्जमा रहेको मोबाइल समेत चोरी गरेको छ। पछिल्लो समय खरैनीटार क्षेत्रमा चोरीका घटना बढे पनि प्रहरीले नियन्त्रणमा कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका छन्।

कमेन्ट गर्नुहोस्
Share: