असार १४ मा ‘डिजाइनर डाईरी सिजन १’ को फाईनल, १० जना प्रतिष्पर्धी सहभागी

Share:

पोखरा । पोखरालगायत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल ब्लुए रेय्स पोडक्सनको आयोजनामा डिजाइनर डाईरी सिजन १ को लागी पहिलो राउन्ड सम्पन्न भएको छ ।

डिजाइन क्षेत्रमा प्रवेश गर्ने चाहना भएका १५ जना प्रतिष्पर्धी सहभागी भएको ईभेन्ट मा फाईनलको लागी १० जना प्रतिष्पर्धी छानिएका छन । सुस्मीता मगर, इम्तिहज खान, मनिषा गुरुङ, मनु थापा, मानव गुरुङ, खुशी मगर, सम्झना गुरुङ, रेनु तुलाचन, सिमरन तामाङ, तुलसी महतलगायतका डिजार्यनर प्रतिष्पर्धीले फाईनलका लागी छानिएका हुन । जसको कोरियोग्राफर सिजर्ना क्षेत्रीले गरेकी छन् ।

असार १४ गते दिउसो २ बजे बाट पोखरा ओजनको भव्य हलमा हुन लागेको उक्त फाईनल शोका लागि तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । पहिलो राउन्डबाट छानिएका १० जना डिजाइनर प्रतिष्पर्धीले फाईनलका लागी आफुहरुले बनाएको ड्रेस उपलब्ध गराउने छन । फाईनलका लागी सबै १० जना प्रतिष्पर्धी डिजाइनरहरुले पाच वटा ड्रेस कलेक्सन उपलब्ध गराउनु पर्ने कोरियोग्राफर क्षेत्रीले जनाएकी छन् ।

प्रतिष्पर्धी फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । उक्त फेशन शो को लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।

डिजाइनर डाईरी सिजन १ का बिजेताले उपाधी क्राउनसंगै पचास हजार रुपैया नगद बराबरको म्युजिक भिडियो सम्झैता र नेपालको ख्याती प्रप्त म्याग्जीन कभर फोटो शुट गर्न पाउने आयोजकले जनाएको छ । बिजेतालाई चितवन, काठमाडौं, पोखरा, धरानलगायतका सहरमा शोलो रनओए प्याकेज र अन्य आकर्षक उपहारहरु प्राप्त गर्नेछन् भने अन्य दश वटा बिभिन्न सब टाइटलमा पनि पुरस्कृत गरिने भएको छ ।

मोडलिङ्ग क्षेत्रमा प्रवेश गर्ने चाहना भएका तर अवसरबाट वन्चित र यस क्षेत्रको वारेमा विभिन्न जानकारी हासील गरि व्यबसायिक रुपमा मोडल र फेशन डिजाइनर बन्ने उद्देश्य राख्ने युवायुवतीलाई यस कार्यक्रमले विशेष अवसर प्रदान गर्ने ब्लुए रेय्स पोडक्सनको ईभेन्ट म्यानेजर सागर आर्चायले बताए ।

ब्लुए रेय्स पोडक्सन बिगत सात बर्ष देखि पोखरा लगाएत देशका विभिन्न शहरहरुमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ । यस किसिमको फेशन शो ले पोखरामा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरु र फेशन डिजाइनरको लागी महत्वपूर्ण अवसर हुने विश्वास आयोजकको रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: