जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

Share:

धादिङ । धादिङमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।कार्कीगाउँबाट तरकारी लिएर वैरेनीतर्फ आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप गल्छी गाउँपालिका ६ को बाझगाउँमा सडकबाट २० मिटर तल खस्दा घटनास्थलमा नै ५  जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक हेमराज घिमिरेका अनुसार तरकारी बिक्री गर्न बजार झरेका किसानहरु चढेको जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका ६ का नानु तामाङ, सोही ठाउँका कान्छी भुजेल, गल्छी गाउँपालिका ४ कासेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल हुन्। यस्तै ठेगाना नखुलेको समिक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

दुर्घटनामा परी अन्य १० जना यात्रु घाइते भएका छन्। घाइतेको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ। जीपका चालक र सहचालको अवस्था भने खुल्न सकेको छैन।

कमेन्ट गर्नुहोस्
Share: