
चितवन । भरतपुर महानगरपालिका–२९ भतेरीमा दुई बस ठोक्किँदा २० जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत शनिबार बिहान काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना ७ ख ९०७ नम्बरको बस र महोत्तरीबाट काठमाडौं जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको बस ठोक्किएका हुन्।
घाइतेमध्ये चार जनाको भरतपुर अस्पतालमा तथा अन्यको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
