कास्कीमा रुखबाट लडी एक जनाको मृत्यु

Share:

पोखरा । पोखरा महानगरपालिका २१ कृष्तीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

स्थानिय ५२ वर्षीय शिव प्रसाद सुवेदी घर नजिकै घाँस काट्न गएकोमा रुखबाट लडी घाईते भएका थिए । उनलाई उपचारको लागी मेट्रोसिटि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: