
नवलपरासी । पुर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका ७ चालिसकिलोमा ट्रक र यात्रुबाहक बस एकआपसमा ठोक्कीदा बसमा सवार ११ जना घाईते भएका छन् ।
शुक्रबार पूर्व बाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ६५० नम्बरको ट्रक र बिपरित दिशाबाट आउँदै गरेको ना ६ ख ३५७२ नम्बरको यात्रुबाहक बस एकआपसमा ठोक्कीएर बस पल्टिएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
घाईते सबैलाई उपचारको लागि मध्यविन्दु अस्पताल पठाईएको छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
