आज विश्व एकल महिला दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

Share:

काठमाडौं । आज नवौं अन्तर्रा्ष्ट्रिय एकल महिला दिवस । ‘कसैलाई पनि पछाडी नपारौँ’ भन्ने मुल नाराका साथ दिवस मनाईंदै छ । दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

एकल महिला समूहले काठमाडौँमा एकल महिला सम्मान तथा भेलाको आयोजना गरेको छ। देशका विभिन्न स्थानका एकल महिलालाई छात्रवृत्ति तथा राहत वितरण गर्ने कार्यक्रमपनि रहेको छ ।

दिवसकै अवसर पारेर प्रदेश–२ का एकल महिलाहरुको भेलाआजदेखि काठमाडौँमा सुरु हुँदैछ। भेलामा एकल महिलाको बर्तमान अवस्था, अवसर र चुनौतिबारे छलफल हुने बताइएको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो। सन् २०११ को तथ्यांक अनुसार नेपालमा कुल महिलाको जनसंख्या मध्ये ६ प्रतिशत एकल महिला रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: