रूपन्देहीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Share:

बुटवल । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रूपन्देहीको सैनामैनामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सैनामैना नगरपालिका ६ कलौनीमा गएराति करिब १२ः३० बजे महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृतकद्वयको सनाखतहुन सकेको छैन।

मृतकदुवै जनालाई पोष्टमार्टमका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: