उपप्रमुखकै नेतृत्वमा नगरपालिकाको कार्यालयमा तोडफोड,एक घाईते

Share:

महोत्तरी – महोत्तरीको औरही नगरपालिकाको कार्यालयमा उपप्रमुखकै नेतृत्वमा शनिबार राति तोडफोड भएको छ । नगरपालिकाको उपप्रमुख रेणु झाको नेतृत्वमा आएको एक टोलीले कार्यालयको योजना शाखा तथा प्रशासन शाखामा तोडफोड गरेको हो ।

कार्यालयमा आएको समूहले २ थान कम्प्युटर, २ थान प्रिन्टर, २ थान स्क्यान मेसिन, २ थान मल्टिप्लक बोर्डमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

अन्य दिन कार्यालयमा उपस्थित नहुने कर्मचारीहरु शनिबारको दिन आएर मनलाग्दी रुपमा काम गरेको भन्दै उपप्रमुखले विरोध गरेपछि विवाद भएको प्रहरीले जनाएको छ । नगरप्रमुख सुनिलकुमार यादवले भने कामको चापले गर्दा शनिबार पनि काम गर्न बाध्य भएको बताएका छन् ।

कार्यालय तोडफोड गर्ने क्रममा उपप्रमुख पक्षको राजपाको नेता ज्ञानु झा घाइते भएका छन् । उनको स्थानीय क्लिनिकमा उपचार भैरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: